सिईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयरको ओपनिङ्ग रेञ्ज मूल्य दोस्रो बजारमा कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसा देखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म निर्धारण हुने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल धितोपत्र बोर्डमा प्रकाशन भएको विवरण पत्र अनुसार सिईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ ७९ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ४१६ रुपैयाँ ३७ पैसा हुन्छ ।

यस हाईड्रो कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो । भाग्यशाली लगानिकर्ताले गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

यसमध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १६ लाख ८५ हजार ६ सय २७ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ४ हजार ४ सय ४२ जना आवेदकको आवेदन रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार