५ जेठ । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । यसको क्षतिको विवरण आउन बाँकी छ ।

भारतीय कम्पनी सेरमले तत्काल खोप निर्यात नगर्ने, नेपालले पाउने समय लम्बिन सक्ने थप सामग्री :

कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै सेरमले भारतको खोप अभियानलाई प्राथमिकतामा राखेको र सन् २०२१ को अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने बताएको हो । सेरमले कोभ्यास र अन्य देशहरूका लागि यो वर्षको अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने आशा रहेको बताएको छ ।

यद्यपि, खोप खरीदका लागि रकम बुझाइसकेका नेपाल लगायतका देशले तत्काल खोप पाउने/नपाउने विषयमा सेरमले प्रष्ट रुपमा उल्लेख गरेको छैन । सेरमले भारतका नागरिकलाई जोखिममा राखेर अन्य देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने जनाएको छ । आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको हो । भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ ।

नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन । सेरमले यसअघि नै तत्काल खोप आपूर्ति गर्न नसकिने बरु नेपाल सरकारले तिरेको रकम फिर्ता बुझाउन तयार भएको पत्र पठाएको थियो । सेरम संसारका कोभिड–१९ विरुद्धको ठूला खोप उत्पादक कम्पनीमध्ये एक हो । सेरमले महामारीको अन्त्यका लागि संसारभरिका नागरिकको खोपमा पहुँच आवश्यक भएकाले कोभ्याक्सजस्ता पहलकदमीलाई खोप आपूर्ति गरेर महामारीसँग जुध्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार