साताको तेस्रो दिन मंगलवार नेप्सेमा कारोबार सुरु भएको केही समयमै तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी नेपाल फाइनान्सको शेयरमुल्य बढेको छ । नेपाल फाइनान्सको शेयरमुल्य ९.९७ प्रतिशतका दरले वृद्धि भएको हो ।

त्यसैगरी,राधी विद्युत् कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशत र रू रू जलविद्युत् परियोजनाको शेयर मूल्य ९.९२ प्रतिशतका दरले वृद्धि भएको हो उक्त अवधिसम्ममा रू रू जलविद्युतको शेयर मूल्य प्रतिकित्ता रू.१०६४ पुगेको छ ।

राधी विद्युत् कम्पनीको रू.८५१ र नेपाल फाइनान्सको शेयर मूल्य रू. ३९७ पुगेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • मङ्गलबार ४ जेठ, २०७८