साताको पहिलो दिन आइतवार विभिन्न ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । समाचार तयार पार्दासम्म रुरु जलविद्युत आयोजनाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढ्दै ८ सय ८० रुपैयाँ पुगेको छ । यस्तै शिखर इन्स्युरेन्स कम्पनी, समता घरेलु लघुवित्त, प्रोगेसिभ फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रपावरको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

यी कम्पनीहरूको शेयर सर्किट लेभलमा कारोबार भइरहेको नेप्सेले जनाएको छ । समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५३.५० अंकले बढ्दै बजार २७३७.५८ विन्दुमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार