आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपछि प्रतिकित्ता रू. ४१६ मूल्यमा लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार