मंगलबार चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई) कम्पनी, रु रु जलविद्युतसहित चार कम्पनीको सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० हजार ६५रुपैयाँ पुगेको छ । त्यस्तै, रु रु जलविद्युत कम्पनीको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ६ सय ६२ पुगेको छ ।

युनाइटेड मोदी हाईड्रो र गुवश्वरी मर्चेन्टको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको छ । युनाइटेड मोदी हाईड्राको शेयरमूल्य २ सय ५४ रुपैयाँ र गुवश्वरी मर्चेन्टको शेयरमूल्य २ सय ७६ रुपैयाँ पुगेको छ । यस दिन यी चार वटै कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य बढेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

माछापुच्छ्रे बैंकको लाभांश घोषणा
  • मङ्गलबार २८ ब‌ैशाख, २०७८