ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । यी दुई वटै कम्पनी आईपीओ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बलेफी हाइड्रोपावर कम्पनी : बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी : ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । यी दुईवटै कम्पनीले बोर्डबाट आईपीओ निष्कासन स्वीकृती पाएपश्चात शेयर बिक्री गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • मङ्गलबार २८ ब‌ैशाख, २०७८