साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १३ प्रतिशत कमि आएको छ ।

यो समाचार तयार पार्दाको समय ११ : ५७ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ६२१ मा कायम भएको छ । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो ।

त्यसोत कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो । पुन : विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको देखिन्छ । आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार