दोस्रोबजारमा कारोबार प्रारम्भ भयदेखिनै निरन्तर उकालो लागिरहको महिला लघुबित्ताको सेयर मूल्य भने आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो । आज प्रिसेसन कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएर ५ हजार २ सय रुपैयाँ पुगेको भएतापनि नियमित कारोबार प्रारम्भ भएको केहि मिनेटमा नै ओरालो लागेको हो ।

यो समाचार तयार पार्दा सम्म कम्पनीकनो सेयर मूल्य ७ प्रतिशतले घटेर ४ हजार ६ सय ५६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ओरालो लागेपनि दोस्रोबजारमा कम्पनीको सेयरको माग भने उच्च देखिएको छ । कम्पनीको सेयरको ४९ हजार ७५१ कित्ता खरिद आदेश हुँदा बिक्रि आदेश भने ६ हजार ६ सय २० कित्ता मात्र रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार