यो साता नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसुचक २६.१३ अंकले बढेको छ । यो साता नेप्सेमा कारोबार पहिलो दिन आइतबार परिसुचक ५३.९९ अंकले बढेको थियो ।

दोस्रो दिन सोमबार भने परिसूचक १२.३४ अंकले घटेको थियो । यस्तै, मंगलबार करिब २ अंबले बढेको परिसुभक बुधबार ५.०९ र बिहीबार १२.४७ अंकले घटेको थियो । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २६११.११ बिन्दुमा रहेको नेप्से सूचक साताभरमा २६.१३ अंकले बढेर २६३७.१३ को बिन्दुमा पुगेको हो ।

यो नेप्सेमा २ सय भन्दा धेरै कम्पनीको शेयर खरिद बिक्री भएको छ । नेप्सेमा ३ लाख ९९ सय हजार १ सय १७ कारोबारबाट ३३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बरावरको ७ करोड ५६ लाख ४ हजार ८ सय ८५ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा करिब ७ अर्बले धेरै हो । गत साता नेप्सेमा २७ अर्ब ३३ करोड रुपैयाँ बरावरको शेयर कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार