सिईडिबि हाइड्रोपावर कम्पनीले बिक्री तथा निष्काशन गरेको साधारण शेयरमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ । त्यस अनुसार भाग्यमानी आबेदक २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४% अनलाईन माध्यम मार्फत आबेदन दिएको जानकारी प्राप्त भएको छ । कम्पनीको साधारण शेयरमा परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाईन मार्फत परेका छन् ।बाँकी ६ % ले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् ।

कम्पनीको शेयर बिक्री तथा निष्काशन क्यापिटलका अनुसार यस कम्पनीको शेयर बाड़फाड़ आऊदो हप्ताको शुक्रवार सम्ममा हुने जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार