मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा स्थानिय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्ता सम्मका लागि आवेदन गर्न सकिनेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

४३ केन्द्र तोकिए मध्य भोटेकोशीको आईपिओमा आवेदन दिन, के के चाहिन्छ कागजात?

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार