२०, काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले १ बराबर शून्य दशमलव २९३८ (१:०.२९३८) को अनुपातमा रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न बार्डबाट वैशाख २० गते (सोमवार) अनुमति पाएको हो ।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड ९७ लाख रहेको छ । उक्त हकप्रद निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार पुग्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • सोमबार २० ब‌ैशाख, २०७८