रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर कारोबार सोमवारदेखि खुला भएको छ । कम्पनीको शेयर रू. ३५६ मा खुला भएको हो । यो समाचार तयार पार्दाको समय ११ : २० बजेसम्ममा पहिलो दिन कम्पनीको १० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ४० लाख ७७ हजार ५५ कित्ता सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले आईपीओ बाँडफाँट गत वैशाख ३ गते गरेको थियो । ३७ हजार ९१६ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर पाएका थिए । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनाले थप १/ १ कित्ताका दरले पाएका थिए ।

कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो । कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुको लागि र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सु्रक्षित गरी बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार