छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ८.९३ करोड रुपैयाँ बढीको हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

बोर्डले अनुमति दिएमा कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु. १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको हो। यो १०ः३ बराबर हुनेछ।

अर्थात कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासन गर्नेछ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार