सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओमा २ दिनमै माग भन्दा ५.४३ गुणा बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार आइतबार विहान ११:१५ बजेसम्म १० लाख ३६ हजार २३ जना आवेदकबाट १ करोड ६१ लाख ९५ हजार ६०६ कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ५.४३ गुणा बढीको आवेदन हो ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार