कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट जाने यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ । जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ ।

तत्कालको यस मापदण्डका कारण कतारले सबै देशका यात्रीहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्ने भएको छ । बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।

कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्ने जनाएको छ । जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङ प्रक्रियाबारे जानकारी पनि गराउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार