आज पनि महिला लघुवित्तको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य दश प्रतिशतले वृद्धि हुँदै ३१२५ रुपैयाँ प्रति कित्ता पुगेको छ। आज पनि माक्रेट डेप्ट हेर्दा खरिदकर्ताको संख्या निकै धेरै भए पनि बिक्रीकर्ताको संख्या शुन्य छ।

अहिले सम्म कम्पनीको १४६० कित्ता शेयर कारोवार भएको छ। यो समाचार तयार पर्दा सर्किट मूल्य रु. ३१२५मा १ लाख ६० हजार कित्ता खरिदकर्ता छन्।

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २,६११ दशमलव १० को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै सिङगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।

कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआरएन कम्पनीका लगानीकर्ताले ७ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • बिहिबार १६ ब‌ैशाख, २०७८