साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ६५.५८ अंकले घटेर २५०६.६१ को बिन्दुमा पुगेको छ । आज ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २ सय २ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका २२० कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आज विशाल बजार कम्पनी, महिला लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज सबैको समुहगत सुचक घटेर राताम्य भएको छ ।

आज अप्पर तामाकोशीको सर्वाधिक बढि ३१ करोड ७४ लाख, निफ्राको २५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज रिलायन्स फाईनान्सकोे सबैभन्दा धेरै ८.०६ प्रतिशत, छ्याङ्दि हाईड्रोको ६.५६ प्रतिशत र सिन्धु विकास बैंकको ७.२७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार