नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेबाट नयाँ “एनआईबिएल समृद्धि फण्ड २” को बिक्रि खुल्ला गर्ने भएको छ । यस योजनाको आकार रु १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ ।

प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

NEXT : साथीमार्टले सेयर बिक्री गर्ने

साथीमार्टले १५ करोड बराबरको संस्थापक शेयर वृद्धि गर्दै कुल चुक्ता पुँजी २५ करोड पुर्‍याउने लक्ष्य राखेको छ। संस्थापक सेयर फ्रेन्चाइज पार्टनर तथा आन्तरीक टिमबाट परिपूर्ति गनिने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । शेयर वृद्धि कम्पनीको टिम, टेक्नोलोजी, उत्पादन, सप्लाई चेन, स्टक, अनलाइन सपिङ, एफिलियट सिस्टम ब्यवस्थापन र सुधार तथा आक्रामक बजार बिस्तारको लागि गरिने बताइएको छ।

यो योजनामा धेरै कम्पनी तथा व्यक्तिहरू इच्छुक रहेको तर कम्पनीले आफ्ना स्टोर तथा सहकार्य गरी केही गरौँ भन्ने सोचका व्यक्ति वा संस्थालाई मात्र प्रदान गर्ने पोख्रेलले बताए । हाल न्यूनतम भ्यालुएसनमै रु १०० प्रति कित्ताको दरले १५ लाख कित्ता वृद्धि गरी पुजी बढाउने निर्णय कम्पनीले गरेको छ । यसपछि संस्थापक सेयर बन्द हुने र कम्पनी पब्लिक बनाई आई.पि.ओ मा जाने पोख्रेलको भनाइ छ।

कम्पनीले हाल ७० भन्दा बढी रिटेल स्टोर सञ्चालन गरेको छ भने आगामी दिनमा नेपालमै पहिलो पटक ओटुओ कर्मस सहितको अन्लाईन सपिङ नेपाल भरी नै सुरु गर्दै छ तथा तिन वर्ष भित्र १० लाख भन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ । २०७८/७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

गत भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरु गरेको साथीमार्ट रिटेल चेनमा नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन हो जुन नेपालका प्राय ठुला सम्पूर्ण सहरमा ७० आउटलेट सहित फैलिएको छ । हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन भने अप्रत्यक्ष ३ हजार भन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ ।

कम्पनीले विभिन्न खाद्यान्न बस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राईफुड, अचार, साबुन, स्याम्पु, हेडवास जस्ता फुड र ननफुड गरी २ सय भन्दा बढी बस्तुहरू आफै उत्पादन गर्ने चरणमा रहेको बताइएको छ। नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्ट सँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ।

विभिन्न रिटेल उत्पादन तथा ठुला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे। ५ लाख कित्ता संस्थापक सेयर प्री बुकिङ भइसकेको र अब १० लाख कित्ता मात्र वाकिन् रहेको र यो पनि चाडैंनै सकिने पोख्रेलको विश्वास छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

सेयर बजारमा सकरात्मक संकेत
  • शनिवार ११ ब‌ैशाख, २०७८