नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको छ । नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको हालै भर्चुअल लन्चमार्फत मूल्य सूची समेत सार्वजनिक गरिएको हो ।

पी–० को मूल्य १९ लाख ४९ हजार र पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । पी–० मोटरसाइकललाई साढे ३ वर्षको मेहनत पश्चात सार्वजनिक रुपमा उपलब्ध गराउन सकेको यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डेले बताए ।

पी–१ भने विगत एक वर्ष यता निर्माणको चरणमा थियो । पी–० ले ६४ एचपी पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ र सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यसैगरी पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ ।

यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ । यी दुई मोटरसाइकलको टेस्ट राइड बुधबार र बिहीबार हायात होटलमा सम्पन्न गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार