नेपाल एलपी ग्यास उद्योग संघले बिक्रेता र उपभोक्ताहरूलाई खाना पकाउने ग्यास सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । भारतमा कोभिड–१९ संक्रमण तीव्र भएकाले आपूर्ति प्रभावित हुनसक्ने भन्दै ग्यास उद्योग संघले खाली सिलिण्डर भरेर राख्दा एकपटक ठूलो माग सिर्जना नहुने भएकाले आपूर्ति सहज गर्न सकिने उल्लेख गरेको छ ।

नेपाल आयल निगमले बुधबार एलपी ग्यास उद्योग संघलाई पत्राचार गरी भारतमा स्थिति जटिल बन्दै गएको सन्दर्भमा आपूर्ति प्रभावित हुन नदिन भण्डारण बढाउन आग्रह गरेको थियो ।

एलपी ग्यास उद्योग संघले विगतका अनुभवमा घरमा भएका सिलिण्डर पनि अभाव हुने हल्लाले एकैपटक निकाल्ने उपभोक्ताको मनोभावनाका कारण आपूर्ति असहज हुने र अत्यावश्यक हुनेले समेत समयमा नपाउने अवस्था सिर्जना भएको परिप्रेक्ष्यमा आफूसँग भएका खाली सिलिण्डर भरेर भण्डारण गर्न उपभोक्ता र बिक्रेतालाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शुक्रबार १० ब‌ैशाख, २०७८