कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले भोलि बिहीबारदेखि अस्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बनधी आदेश जारी भइसकेको अवस्थामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलद्वारा बुधबार जारी सूचनामा उल्लेख छ ।

सूचनामा कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले अर्को सूचना नभएसम्म ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाइएको छ। मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार ९ ब‌ैशाख, २०७८