नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेर बहदुर देउवालाई विश्वासको मत दिएका छन्। माधव नेपाल पक्षका साथ साथै अध्यक्ष केपी ओली पक्षका सांसदले पनि देउवालाई विश्वासको मत दिएका हुन्।

देउवालाई विश्वासको मत दिने एमाले सांसदमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका हुन् । माधव नेपाल पक्षका केहि प्रभावशाली नेता भने मतदान प्रक्रियामा सहभागी भएनन् ।

एमालेको विवाद समाधान कार्यदलको सदस्य रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट, र सुरेन्द्र पाण्डे लगायत माधव नेपाल पक्षका १० जना सांसद भने पार्टी एकताको लागि भन्दै मतदान प्रक्रियामा सहभागी नभएका हुन्। आजको संसद बैठकमा देउवाले विश्व को मत पाउँ भने राखेको प्रस्तावमा देउवाले संसदको हाल कायम सदस्य मध्ये बहुमत सांसदबाट मत पाएका हुन् । बैठकमा कुल उपस्थिति २४९ जना रहेकोमा पक्षमा अर्थात् विश्वासको मत दिने १६५ जना, विपक्षमा अर्थात् विश्वासको मत नदिनेमा ८३ जना र तटस्थ अर्थात् विश्वासको मत नदिनेमा १ जना सांसद रहेका छन् । २१ सांसद भने अनुपस्थित रहे ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका काँग्रेस सभापति देउवाले पुनःस्थापना भएपछि बसेको संसदको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । विश्वासको मत पाएसंगै अब यो सरकारले डेढ वर्ष निरन्तरता पाउने भएको छ । त्यसपछि भने यो संसदको अवधि थपिएर निर्वाचन गर्नु पर्ने हुन्छ । यहि सरकारले नै निर्वाचन गराउने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार