सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प धक्का महशुस गरिएको छ । शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार