कतारले आफ्नो विकास सहायताको ठूलो रकम नेपाल लगायतका कम विकसित राष्ट्रहरुको लागि खर्च गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्र संघले आयोजना गरेको कम विकसित मुलकमा लगानी बढाउने विषयक कार्यक्रममा कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारले नेपालको नाम उल्लेख नगरि आफ्नो विकास सहायताको ठूलो रकम कम विकसित राष्ट्रहरुको लागि खर्च गर्ने घोषणा गरेका हुन् ।

कतार नेपालको ठूलो विकास साझेदार मध्येको एक हो । मन्त्री थानीले कोभिडले पारेको असरलाई सम्बोधन गर्ने गरि कतारले आगामी दशकको लागि मार्गचित्र बनाउने बताएका हुन् । उनले कतारले कम विकसित मुलुकलाई विकास गर्नको लागि सहयोग गर्ने योजना कतारले ल्याउने बताएका हुन् । कोभिडले प्रभावित कम विकसित मुलुक आगामी १० वर्षमा विकास हुने गरि कतारले सहयोग गर्ने र सन् २०३० भित्रमा ति देशलाई कम विकसित मुलुकको सुचीबाट हट्ने गरि कतारले सहयोग गर्ने बताएका हुन् ।

दिगो विकास लक्ष्यलाई ध्यानमा र्कह्दै यो कार्यक्रम अगाडी बढ्ने मन्त्री थानीको भनाई थियो । सोहि कारण कतारले आफ्नो विकास सहायताको अधिकांश रकम कम विकसित मुलकमा खर्च गर्ने उनले बताएका हुन् । कोभिडले कम विकसित देशको आर्थिक वृद्धि, सामाजिक न्याय र विकासको कार्यमा चुनौती थपेकोले ति देशहरुलाई कतारले सहयोग गर्न लागेको बताएका हुन् । कार्यक्रममा मन्त्री थानीले कतारले यस अघि नै कम विकसित र विकासउन्मुख देशहरुमा १४० मिलियन डलर खर्च गरिसकेको जानकारी दिए ।

यो रकम अन्तराष्ट्रिय संघ संस्था र च्यारिटी संस्थामार्फत खर्च गरिएको उनको भनाई थियो । विशेष गरी कम विकसित देशहरुमा महामारीको प्रभावलाई कम गर्न र देशहरुको क्षमताहरु लाई सुदृढ बनाउन सहयोग गरेको कतारले जनाएको हो। युनिसेफले संचालन गरिरहेको कोभ्याक्स अर्थात् १९० देशलाई खोप वितरण गर्ने कार्यक्रमको लागि पनि कतारले आर्थिक सहयोग गरिसकेको छ ।

कोभ्याक्स आर्थिक सहायता अन्तर्गत नेपालले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप पाउने छ । यो कार्यक्रम अन्तर्गतको पहिलो चरणको खोप नेपालले प्राप्त गरिसकेको छ । उनले महामारी तथा जलवायु परिवर्तन बिरुद्द लड्नको लागि विभिन्न देशहरुसंग गरिरहेको सहयोग र साझेदारीलाई निरन्तरता दिने घोषणा गरेका छन् । उनले जलवायु परिवर्तन बिरुद्द लड्नको लागि १ सय मिलियन डलर कतारले सहयोग गरिसकेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार