मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा तहसनहस बनाएको छ। सोमबारदेखिको अबिरल वर्षाको कारण मंगलबार बाढी आएको थियो। क्ष’ति’को विवरण र ह’ताह’ति हुनेको संख्या अझै यकिन भएको छैन।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० औँ जना बे’प’त्ता भएको बताएका छन्। बुधबार बिहान फेसबुकमा दिएको जानकारी अनुसार मेलम्ची खानेपानी ड्याममा समेत क्षति पुगेको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्ष’त’बि’क्ष’त बनाएको छ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको उनले उल्लेख गरेका छन्। ‘नदी किनाराका सम्पूर्ण संरचना ध्व’स्त’ बनाएर अर्बाैृको क्ष’ति पूर्‍याएको छ। यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उ’द्धा’र र रा’हतमा जुटन हार्दिक अ’पि’ल गर्दछु,’ उनले लेखेका छन्, ‘सरकारले आजै टेण्ट र खाद्यान्न जुनजुन बस्तीमा क्ष’ति’ भएको छ त्यहाँ खसाल्छौं ।’ तामाङको गृहजिल्ला सिन्धुपाल्चोक हो। मेलम्ची क्षेत्रमा विद्युत र सञ्चार सम्पर्क छैन।

Facebook Post

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार