बुधबार सेयर बजारको परिसूचक नेप्से १३.५६ अंकले घटेको छ। सो अंकको सुधारसँगै परिसूचक २९४६ अंकमा कायम भएको छ। यस दिन १६ अर्ब ९९ करोडको कारोबार भएको छ।

यस दिन बैंकिङ समूह ११, होटल तथा पर्यटन २, विकास बैंक २११, जलविद्युत १५, अन्य ३१, माइक्रोफाइनान्स १८ अंकले घटेका छन्। ब्यापार ७८, फाइनान्स ४७, निर्जीवन बीम ३९, उत्पादन २३७ र जीवन बीमा समूह २९ अंकले बढे। समूह घटेपनि कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे।

युनाइटेड मोदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, रिडी हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। यीमध्ये सिइडिबी हाइड्रोपावर हालै सूचीकृत भएको कम्पनी हो। सो कम्पनीको मूल्यवृद्धिसँगै प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ। यस दिन विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन्।

हिजोसम्म उच्च दरले बढेको विकास बैंकको सूचक आज त्यही गतिमा घटेको हो।

युनाइटेड इदीमर्दीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। महालक्ष्मी विकास बैंक, गरिमा, साइन रेसुङ्गाको मूल्य ६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा अरुणभ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको ८७ करोड रुपैयाँ बराबरको कारोबार भयो भने पुनर्बीमाको ६१ करोडको सेयर किनबेच भयो। पुनर्बीमाको मूल्य करिब ३ प्रतिशतले घटेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार