जेठ २२, चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ७, देबेन्द्रपुरकि एक महिलाले आफ्नो छोराको जीवन रक्षाको निम्ति अपिल गर्नु भएको छ ।

देबेन्द्रपुरकी सीता ढकालको आफ्नो ७ बर्षिय छोरा युनिक ढकालको जन्मदेखी नै रगत संबंधित समस्या भएको र छिट्टै नै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक सहयोगका लागि सबै सग अनुरोध गर्नु भएको हो ।

आफ्नो आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको र छोराको उपचारका लागि काठमाडौंको सिभिल अस्पतालले करिब १५ लाख लाग्ने बताएपछी छोराको उपचारका लागि सहयोग अपिल गर्नु भएको हो ।

समयमै उपचार गर्न सके छोराको उपचार बाट रोग निको हुने आशामा रहेको बताउदै मानव रक्षाका लागि सबै बाट पहलको अपेक्षा राखेको बताउनु भएको छ ।

सहयोगी दाताले युनिक ढकाल कृषि विकास बैक शाखा कार्यलय बसन्तपुर माडी चितवनमा रहेको खाता नं 05-088-01502136-01-1 सहयोग गर्न सकिने र बिरामी बालकका बारेमा अन्य अधिक जानकारी लिनका लागि आमा सीता ढकाल मोबाइल नम्बर : 9862556808 सम्पर्क गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार