सरकारले बजेट मार्फत गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिने व्यवस्थाको कार्यन्वयन भएको छ। बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन्।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

सरकारले बेच्ने खाद्यान्न तथा अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले बेच्ने खाद्यान्न सहितका सामग्रीमा छुट पाइने भएको हो । नयाँ मूल्यसूचीअनुसार नेसनल ट्रेडिङले बेच्ने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ११ सय २० रूपैयाँ तोकिएको छ ।

पिठो प्रतिकेजी ४४ रूपैयाँ, चिनी प्रतिकेजी ६३.२० रूपैयाँ, नुन प्रतिकेजी १६ रूपैयाँ र भटमासको तेल प्रतिलिटर १८८ रूपैयाँ तोकिएको छ । सस्तोमा यी सामग्री पाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र परिवारका सदस्यको नाम उपलब्ध अनिवार्य गरिएको छ । खाद्यले बेच्ने चामलमा २० प्रतिशत छुट सदने भएको छ । खाद्यले एक परिवारलाई ३० किलोको बोरा र कर्णालीको सिमी २ किलोसम्म बेच्ने छ । यो छुट पाउन पहिचान खुल्ने कागज उपलब्ध गराउनुपर्नेछ।छुट सुविधा निषेधाज्ञाको अवधिभरी मात्रै पाईनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार