सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा जेठ १८ गतेदेखि दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले वैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडान रोकेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार