नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । कुनका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयको सुझावमा उडानमाथि प्रतिबन्ध लगाउने निर्ढाय गरिएको हो । यसअघि, थाइल्याण्ड र यूएईले पनि नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाइसकेको छ । भारतीय भेरियन्ट फेला परेपछि थाइल्याण्डले यस्तो निर्णय लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार