नेपाली गायक दिवेश पोखरेलले विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’को टप-७ मा स्थान बनाउन सफल भएका छन् । उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए । अर्थर गनले परिचित दिवेशले २ साता अगाडि उक्त रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘आइरिस’ बोलको गीत गाएका थिए ।

उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए । भोटिङका लागि २ साता समय राख्दै अप्रिल २६ सम्म समय तोकिएको थियो । भोटिङबाट अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै दिवेशले उत्कृष्ट १० मा स्थान बनाएका थिए ।

अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जना मध्ये सर्वाधिक भोट ल्याउने एक जना प्रतिस्पर्धी अगाडि बढ्ने नियम ‘अमेरिकन आइडल’को निर्माण टिमले बनाएको थियो । आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा ३ जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार