नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भइ कारोबार सञ्चालन गर्न थालेको छ। यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफरालाई एनएचसीएलले आबद्ध गराएको हो।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा निफरा पनि जोडिएको हो।

यससँगै २ लाखभन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले निफराको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ। एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो।

जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटी जीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्ट्रिगेट गरिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शनिवार १८ ब‌ैशाख, २०७८