कोभिड १९ को विषम परिस्थितिमा पनि बाणिज्य बैंकहरुले लोभलाग्दो प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। चालू आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार निजि लगानीका बाणिज्य बैंकहरुमा खुद नाफा, वितरणयोग्य मुनाफा तथा अन्य सूचकहरुमा नबिल बैंक प्रथम बन्न पुगेको छ।

नबिलको प्रतिस्पर्धीमा ग्लोबल आइएमई बैंक अगाडी आएको छ भने यस अगाडी मुख्य प्रतिस्पर्धीको रुपमा हेरिदै आएको एनआईसी एसिया बैंकको अवस्था भने तुलनात्मक रुपमा खस्किएको छ।

नबिल बैंक खुद मुनाफा र वितरणयोग्य मुनाफामा प्रथम भएपनि व्यवसाय बिस्तार अर्थात निक्षेप संकलन तथा कर्जा प्रवाहमा एनआईसी एशिया बैंक पहिलो स्थानमा रहेको छ। त्यस्तै ब्यवसाय बिस्तारमा ग्लोबल आइएमई बैंकले एनआईसी एसियालाई पछ्याएको छ भने नबिल तेस्रो स्थानमा छ।

वितरणयोग्य मुनाफामा नबिल बैंकलाई ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा एनएमबि बैंक आइपुगेको छ। त्यस्तै रिजर्भ, प्रति सेयर आम्दानीमा पनि नबिल बैंक प्रथम स्थानमा छ भने उसलाई ग्लोबल र एनआईसी एसिया बैंकले पछ्याएका छन्। यी ७ वटा बाणिज्य बैंकमा सबैभन्दा कम खराब कर्जा अनुपात एनआईसी एसिया बैंकको रहेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • बुधबार १५ ब‌ैशाख, २०७८