तौल बढ्नु वा मोटोपन हुनु न स्वास्थ्यको दृष्टिले फाइदाजनक हो, न व्यक्तित्वको हिसाबले नै । मोटोपन कसरी घटाउने त रु यसका लागि डाइटिङले मात्र पुग्दैन । अर्थात खानामा कटौती गरेर मात्र मोटोपन घट्दैन ।

साथै यो सहि विधी पनि होइन, मोटोपन घटाउने । मोटोपन घटाउन खानाको प्रकृति र मात्रा परिवर्तन गर्नुपर्छ । यससँगै शारीरिक गतिविधिलाई समेत बढाउनु पर्छ । एकसाथ धेरै खाना खाने बानी हटाऔं ।

धेरै सोयुक्त, तारेको, मसलेदार खानेकुरा सेवन नगरौं ।फास्टफूड एवं प्याकेट बन्दा खानेकुरा सेवन नगरौं ।कोल्ड ड्रिंक पिउनु हुन्न, किनभने यसमा क्यालोरीको मात्रा धेरै हुन्छ ।बिहान नास्ता गर्नुहोस् । खाना छिटो९छिटो नखाने, बिस्तारै चपाएर खानुपर्छ ।

हरियो सब्जी, फल सेवन गरौं । तेलमा तारेको वा पकाइएको भन्दा उसिनेको खानेकुरा राम्रो हो ।दिनभर केहि न केहि काम गरौं । शरीरलाई सक्रिय राखौं । बिहान मर्निङ वाक र साँझमा पनि हिँडडुल गरौं ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार