चर्चित गायिका अन्जु पन्त आज वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो ।

उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ । अन्जु र थिरलाई वैवाहिक जीवनको शुभकामना । भिडियो हेरौ :

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

अमेरिकन आइडलको टप-७ मा दिवेश पोखरेल
  • बुधबार १२ फाल्गुण, २०७७